प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच अर्थपूर्ण भेटवार्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएराती प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग अर्थपूर्ण भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच भेटवार्ता भएको हो । पार्टीमा घेराबन्दीमा परेपछि प्रधानमन्त्री पद नै अप्ठ्यारोमा परेको विश्लेषण भइरहेका बेला प्रधानमन्त्री र प्रधानन्यायाधीशबीचको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

त्यस्तै आज नेकपाको सचिवालय बैठक बस्ने तय भइसकेकाले सो बैठकअघिको यो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय ओलीले ल्याएका दुई अध्यादेश प्रकरणपछि चुलिएको नेकपाभित्रको आन्तरिक राजनीति झन पेचिलो बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस