कोरोना परीक्षणलाई तीव्रता दिन माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाडौं । संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकले कोरोना भाइरसको परीक्षणलाई तीव्रता दिन सरकारसँग माग गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकपछि जारी तीन बुँदै संयुक्त वक्तव्यमा भनिएको छ, “कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेस्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तीव्रता दिन यो बैठक माग गर्दछ ।”
कोरोना भाइरसको सङ्क्रमणको सन्दर्भमा गरिएको लक डाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस कार्ययोजना सरकारले दिन नसकेको वक्तव्यमा उल्लेख छ । विपक्षी दलले यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न सरकारसँग माग पनि गरेका छन् ।
संयुक्त वक्तव्यमा भनिएको छ, “लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिँदै सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ, हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकताबद्ध भई सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।”
संयुक्त वक्तव्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपेन्द्र यादव, शरतसिंह भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस