संविधान संशोधन राजपत्रमा प्रकाशन, लिम्पियाधुरासहितको नक्सा सरकारी दस्तावेजमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ५, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ राजपत्रमा प्रकाशित भएको छ । प्रतिनिधि सभार र राष्ट्रिय सभाबाट पारित भइ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेसँगै यो लिम्पियाधुरासहितको नक्सा समेटिएको निसान छाप प्रयोगले संवैधानिक मान्यता पाएको छ । राजपत्रमा प्रकाशित भएपछि नयाँ निसान छाप लागू भएको छ । संविधानको अनुसूचि ३ मा रहेका निसान छापमा लिम्पियाधुरासहितको नक्सा समेटिएको छ ।

अब मन्त्री, संसदका लोगो, लेटर प्याड, छाप, वेवसाइटहरुमा रहेका निसान छापमा पनि लिम्पियाधुरासहित नक्सा अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस