चीन र नेपालका कम्युनिष्ट पार्टीबीचको कार्यशाला गोष्ठी हुँदै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ५, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ५, काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी र देश सञ्‍चालन अनुभव आदानप्रदान तथा चीन र नेपालका सत्तारूढ पार्टीका उच्च पदाधिकारीबीचको गोष्ठी शुक्रबार अपरान्ह हुँदैछ ।

कोभिड १९ महामारीका कारण प्रत्यक्ष रूपमा अन्तर्क्रिया हुन नसक्ने भएकाले भिडियोमार्फत् बेइजिङबाट यो कार्यशाला सञ्‍चालन गर्न लागिएको छ । बेइजिङ समयअनुसार अपरान्ह ४ बजेतिर यहाँस्थित जिम्मेवार पार्टी सदस्यहरूले नेपालका कम्युनिष्ट पार्टीका नेताहरूसँग अन्तर्क्रिया गर्नेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस