अब लकडाउन गर्ने अधिकार प्रदेशलाई,पूर्ण बन्दाबन्दी गर्नसक्ने निर्णय पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ६, शनिबार (५ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

असार ६, काठमाण्डौ । प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिसअनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी गर्नसक्ने निर्णय गरेको हो ।

सीसीएमसीद्वारा जारी विज्ञप्तिअनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकारमार्फत् विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णय समेत बैठकले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस