नागरिकतामा ७ बर्षे प्रावधान: सत्ता पक्षकै नेताको चर्को विरोध !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ७, आईतबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार ८,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरुले विरोध जनाएका छन् । पार्टीका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव र केन्द्रिय सदस्य प्रभु शाहले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने पार्टी सचिवालय समितिको निर्णयको विरोध गरेका हुन् ।

संसदको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकमा नेकपा सचिवालय समितिले असार ६ गते गरेको निर्णय अनुमोदन गर्न खोज्नु जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको भावना विपरीत हुने मात्रृका यादवको जिकिर छ।

यता

नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपाकै नेता प्रभु साहले असन्तुष्टि जनाएका छन् ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले पुनर्विचार गर्न आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस