किसानको पीडा सधै उस्तै : मल नपाएर बजारमा हाहाकार, सरकार रमिते !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ९, मंगलबार (४ साल अघि)
  • ५३ पटक पढिएको
Post Thumbnail

असार ९, काठमाण्डौ । कृसानको तत्कालको पिडा नै मल बनेको छ । मल नहाली धान रोपाई गर्दा तथा मकैमा मल नहाली नफल्ने भएको अबस्थामा मलको जोहो कसरी गर्ने किसानलाई पत्तो छैन । यो समयमा मल अभाव भएकोमा चौर्फि बिरोध पनि भईरहेको छ । सरकारले पनि कोरोना भाइरस तथा लकडाउनले गर्दा मल बाटोमै रोकिएको भनेर टारिरहेको छ । मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बीउ नपाएर किसान छट्पटिएकाले तत्काल मल र बीउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण पनि गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गरे । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदानलाई नभुल्न सरकारको ध्यानाकर्षण गराउँदै देशव्यापी रुपमा देखिएको मल तथा बीउको अभावको समस्या समाधान गर्न माग गरेका छन् ।

सांसद लक्ष्मीकुमारी चौधरीले प्रश्न गरे, “मल बीउ नपाएर किसानले कहिलेसम्म रुनु पर्ने हो ?” सांसद भरकुमार शाहले किसान धमाधाम बर्खेखेती लगाउन व्यस्त रहेका अवस्थामा रासायनिक मलको चरम अभाव भएको जनाए । सांसद राजेन्द्रकुमार राईले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरे । सांसद वृजेशकुमार गुप्ताले सामुदायिक विद्यालयको गुणस्तर दिनप्रतिदिन खस्कँदै गएकाले तत्काल शैक्षिक गुणस्तर सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । उनँले अस्थायी, राहतलगायत शिक्षकलाई हटाएर स्थायी शिक्षक मात्र राख्न सरकारसँग माग पनि गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस