राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ११, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ११, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । भण्डारीले बिहीवार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रपतिले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस