असार ११,काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसीसी) सम्झौताबारे संसदीय समितिमा छलफल चलाउन माग गरेको छ ।
बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कांग्रेस सांसदहरुले एमसीसी सम्झौताबारे सार्वजनिक रुपमा बहस भइरहेको भन्दै संसदीय समितिमा छलफल चलाउन माग गरेका हुन् ।
कांग्रेसले एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने बताउँदै आएको छ भने सत्तारुढ नेकपाभित्र विवाद छ ।
‘एमसीसीका विषयमा बाहिर छलफल छ । यसबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल गरियोस्’ नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले भनिन् ।