ई र पुकारको अवस्था गम्भीर भएपछि प्रधानमन्त्री ओली अस्पताल पुगे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १८, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार १८,काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

ईस् र पुकार बमलाई भेट्न प्रधानमन्त्री ओली धुम्बाराहीस्थित हृयाम्स अस्पताल पुगेका हुन् । पाटनस्थित पाटन दरबार स्वायरमा ७ दिनदेखि अनसन बसेका उनीहरुको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार नै हृयाम्स लगिएको थियो ।

साँझ प्रधानमन्त्री ओली भेट्न पुगे । उनले अनसन तोड्न र वार्तामा बस्न आग्रह गरेको अभियान्ता मध्येका एक सुरज पाण्डे पाण्डेले बताए ।

अस्पतालका अध्यक्ष आर एस भण्डारीका अनुसार प्रधानमन्त्री ओली करिव १५ मिनेट बसेका थिए । कोभिड-१९ नियन्त्रणमा सरकारले अन्य मुलुकले भन्दा राम्रो काम र युवाहरुले थप झकझक्याउने काम गरेको बताए ।

अभियान्ताहरूका अनुसार प्रधानमन्त्रीले वार्ता टोली बनाएर भोलि नै सम्वादमा आउन आग्रह गरेका छन् । र, त्यसअनुसार वार्ता टोली गठनबारे छलफल सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस