असार २०, काठमाडौं । आज वस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक स्थगित भएको छ । वैठक सोमवारका लागि डाकिएको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी गराएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न नेताहरु राजी भएका हुन् ।
स्थायी कमिटीका ४४ मध्ये कम्तिमा ३० सदस्य प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन । अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले पनि स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले राजनीनामा दिनुपर्ने अडानमा छन् । प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेपछि त्यसले नेताहरुवीच झनै ठूलो तरंग पैदा गरेको छ ।