शितल निवासबाट बालुवाटार फर्किए प्रधानमन्त्री ! मन्त्रीहरुलाई बालुवाटार बोलाइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २०, शनिबार (४ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन्।

प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादको छलफलमा व्यस्त भएका बेला शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन्।

शनिबार अपरान्ह शितलनिवासमा राष्ट्रपति-प्रधानमन्त्रीबीच सवा घण्टा कुराकानी भएको स्रोतले बतायो। राष्ट्रपति र प्रधानमन्त्रीबीच के कुरा भयो यसबारे भने खुलाइएको छैन।

प्रधानमन्त्री ओली बालुवाटार फर्किएपछि मन्त्री र राज्यमन्त्री बालुवाटर पुगेका छन्। ‘हामीलाई ७ बजे प्रधानमन्त्रीले बोलाउनुभएको छ। तर केका लागि भन्नुभएको छैन,’एक मन्त्रीले भने,’मन्त्रिपरिषद् बैठक भने होइन।’

पार्टीभित्र संकट चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई दिनहुँजसो भेट्दै आएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले दुवै पद छाड्नुपर्ने स्थायी समिति बैठकमार्फत दबाब दिएपछि भएको प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस