बालुवाटार बैठक सकियो ! मन्त्रीहरु निराश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २०, शनिबार (४ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार २०, काठमाडौ । प्रधानमन्त्री र मन्त्रीबीच बालुवाटारमा छलफल शनिबार साँझ भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको पनि छलफल र निकर्ष केही सुनाइएको छैन । बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफल सकिएको बताएपछि विषय खुलाउन चाहेनन् । यद्यपि प्रधानमन्त्रीको कुरा सुनेपछि मन्त्रीहरु निराश भएको बताइएको छ ।

शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले त्यसपछि सवा सात बजेबाट मन्त्री र राज्यमन्त्रीसँग गरेका थिए । करीब सबा ८ बजेसम्म छलफल चलेको थियो ।

पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ ।

प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् । विवाद समाधान उन्मुख नभएपछि सहमतिको प्रयास स्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस