कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २१, आईतबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस