असार २४, नुवाकोट । राप्रपाका नेताले भ्रष्टाचारका विषयमा उठाएको विषयलाई लिएर गरिएको अपशब्दप्रति राप्रपाको ध्यानाकर्षण भएको जनाएको छ । २०७७ असार १६ गते नुवाकोटको पञ्चकन्या गाउँ पालिका वडा नं। १ का वडा अध्यक्ष मणिनाथ लामिछानेले बोलाएको सामुहिक खेती कार्यक्रमको बैठकमा सहभागी राप्रपाका स्थानीय नेता रामचन्द्र अगस्थीले सामुहिक खेतिमा भएको भ्रष्टाचारलाई उठाएको बिषयलाई लिएर लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले अपशब्द प्रयोगका साथ कुटपिट गरी ज्यान मार्ने धम्की दिएकोमा राप्रपाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।