असार २५, काठमाडौं । पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ुप्रचण्डुबीचको वान–टु–वान वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेबाट शुरुभएको वार्ता साढे ६ बजे सकिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।
दुई अध्यक्षबीच सहमतिको विभिन्न विकल्प बारेमा छलफल भए पनि ठोस सहमति भए नभएको बारे जानकारी नभएको उनले बताए । सोमबारदेखि नियमित बसिरहेकोवान–टु–वान वार्ता सकारात्मक भइरहेकाले पार्टीका नेतामा सहमति हुने आशा पलाएको छ । शुक्रबार स्थायी कमिटीको बैठक आव्हान गरिएकाले भोलिसम्म ठोस सहमति गर्ने गरी दुई अध्यक्षबीच छलफल भइरहेको नेकपाका नेताहरुको भनाइ छ ।