असार २५,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यतिबेला विभाजनको कालो बादल मडारिरहेको छ । यद्यपी एउटा पक्ष पार्टीलाई प्रधान मानेर अघि बढेको छ भने अर्को पक्ष सत्तालाई । यसले नेकपा भित्र तिव्र विवाद सिर्जना गरिरहेको छ । नेकपामा यतिबेला प्रमुख रुपमा दुई समुह विभाजित छन् । यद्यपी शक्ती संघर्ष भने तिन नेताको देखिएको छ । केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाल समुहबीच शक्तीको लडाई चलिरहेको छ ।
एउटा त्यसमध्ये नेकपामा प्रचण्ड–नेपाल समुह पार्टीलाई विधिसंगत ढंगले अघि बढाउन पर्नेमा जोड दिईरहेको छ भने ओली पक्ष जसरी नी सत्तामा रहनुपर्छ भन्ने ढंगले लागिरहेको छ । नेपाल–प्रचण्ड समुहले ह्यासट्याग नै बनाएर ‘आज,भोली र सधैलाई-साथी व्यक्ति भन्दा विधि र पार्टी माथी’, ‘आजलाई होईन् भोलीलाई-व्यक्ति होईन् विधिलाई’ भन्ने नारा अघि सारेका छन् । जुन देशभरका कार्यकर्ताले आफ्नो फेसबुक प्रोफाईलमा राखेका छन् । ट्विटरमा फिजाएका छन् । यो समुह कुनैपनि हालतमा पार्टी फुट्न हुन्न भन्ने लाईनबाट संघर्षलाई रचनात्मक ढंगले कायम राखेको छ । यद्यपी ओली पक्षका नेता कार्यकर्ता सडकमा २०/५० जनाको समहु बनाएर चोकमा ओलीको पक्षमा नारा लगाइरहेका छन् । यसले पार्टीभित्रैका कार्यकतालाई उत्तेजित बनाइरहेको प्रचण्ड–माधव पक्षको आरोप छ ।
केही स्थानमा त झडप नै भइसकेको छ । यस सडकमा केही संख्यामा भिड उछालेर राम्रो सन्देश नजाने र यसले पार्टी एकतामै समस्या उत्पन्न गराउने तर्फ अध्यक्ष ओलीलाई अर्का अध्यक्ष प्रचण्डले सुझाव दिएका छन् । नेकपामा यतिबेला एउटा सत्ता जोगाउने र अर्को पार्टी जोगाउने संघर्ष गरिरहेको राजनितिक विश्लेषकहरु बताउछन थालेका छन् । यसले सिंगो पार्टीलाई असर गर्ने नेकपाका एक नेता बताउछन् । पछिल्लो विवादलाई साम्य पार्न दुई अध्यक्ष निरन्तर वार्ता र छलफलमा छन् । शिर्ष नेताहरु छलफलमा जुटिरहेको बेला एउटा पक्ष सिंगो पएक व्यक्तिको पक्षमा जुलुश गर्नुले प्रमुख प्रतिपक्षी दलले समेत मजाक गरिरहेको नेकपाका ती नेताले बताए ।