नेकपा प्रवक्ताले भारतीय मिडियालाई भने- ‘हद भयो, बकवास बन्द गर’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २५, बिहिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’

राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको उनले बताएका छन् । श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन दिने छैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

ताजा अपडेट

खोजी गर्नुहोस