ओली–प्रचण्डको छलफलले निचोड निस्केन् , सिंहदरबारमा दोस्रो तहका नेताको रणनीतिक भेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २५, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दुई हप्तादेखि उत्पन्न विवाद समाधान दिशातिर प्रवेश नभएपछि दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद मिलाउन भन्दै लगातार चार दिन छलफल गरे पनि सहमति हुन नसकेपछि दोस्रो तहका नेताहरु रणनीतिक छलफलमा जुटेको बुझिएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्ड’ बीचको ‘वान टु वान’ वार्ता निरर्थक जस्तै बन्ने पछि विहीबार बैठक समेत बस्न सकेको छैन । तर स्थायी समिति सदस्य मणि थापा, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत घनश्याम भुसाल, शंकर पोखरेल, टोपबहादुर राइमाझीलगायत बीच कृषि तथा पशुपन्छी मन्त्रालयमा छलफल जारी छ । दुई नेताबीचको वार्ता नै अनिश्चित भएपछि शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक समेत प्रभावित हुने संकेत देखिएपछि उनीहरु रणनीतिक छलफल जारी छ ।

यसअघि तीन पटक स्थगित गरिएको स्थायी समिति बैठक असार २६ गते ११ बजेलाई बोलाइएको छ । त्यसअघि दुई अध्यक्षबीच सहमति जुटाउने प्रयास गरेपनि अडानबाट टसको मस नभएपछि नेकपाभित्रको विवाद थप लम्बिने संकेत देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस