असार २७, काठमाण्डौ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोको विपत्ति आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक बसेको छ । अझै केही दिन वर्षा र मनसुन सक्रिय रहने भएकाले परिषद्को बैठकमा विपद्को पूर्व सूचना प्रणाली, क्षति न्युनीकरण, उद्धार तथा राहतको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
विपद् व्यवस्थापनबारे छलफल गर्न आयोजित बैठकमा प्रधानमन्त्री ओलीसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवा समेत सहभागी छन् ।