‘एमसीसीलाई यथास्थितिमा पास गराउन नहुने सुझावसहित राजपाको धारणा यस्तो छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २८, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एससीसीको बारेमा नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र विवाद भइरहेको बेला जसपाले आफ्नो सुझावसहित धारणा सार्वजनिक गरेको हो ।

एमसीसीको बारेमा पक्ष र विपक्षमा बहस चलिरहेको बेला जसपा तत्कालिन राजपा र समाजवादी पार्टी मौन रहँदै आएको थियो । पार्टी एकीकरण भएपछि जसपा नेपालले आफ्नो प्रवास सङ्गठनमार्फत यधारणा सार्वजनिक गर्दै यथास्थितिमा एमसीसी पास गराउन नहुने सुझाव सरकारलाई दिएको छ ।

एमसीसी सम्झौताका शर्तहरु गम्भीर प्रकृतिका रहेको तथा यसमा उल्लेखित शर्तहरु हेर्दा यो भित्र लुट, अझ भित्र उपनिवेश र बाहिर आर्थिक सहयोगजस्तो देखिने भएकाले यो यथास्थितिमा पास गर्न नहुने संगठनका इन्चार्ज आङकाजी शेर्पाले बताए । एमसीसी ईष्ट ईण्डिया कम्पनीजस्तै रहेको निष्कर्ष निकाल्दै प्रवास संगठनले सरकारलाई एमसीसी सम्झौता बारेमा पाँच सुझाव दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस