राम भारतीय होइनन्, भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक अतिक्रमण गर्‍यो: प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ३०, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाइ छ।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाइ छ । उनले भने ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यहि नेपालमा, र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डित जी रिडीका । त्यसकारण सन्तान राम पनि भारतीय होइनन् ठाउँ ९अयोध्या० पनि भारतीयको होइन् ।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्नसमेत गरे । त्यो समयमा कुनै सञ्चार सुविधाविना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस