तरुण दलले बीपी स्मृति दिवस सप्ताहव्यापीरुपमा मनाउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ३०, मंगलबार (४ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी स्मृति दिवसलाई सप्ताहव्यापीरुपमा मनाउने भएको छ । साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई तरुण दलले सप्ताहव्यापी रूपमा मनाउन लागेको हो ।

तरुण दलले कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर सप्ताहव्यापी मनाउने निर्णय गरेको अध्यक्ष जितजंग बस्नेतले जानकारी बताए । तरुण दलले सबै जिल्लाहरुलाई बीपी स्मृती दिवस मनाउन परिपत्र समेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस