असार ३०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयबीच मङ्गलबार करिब डेढ घण्टा लामो छलफल भएको छ । छ दिनपछि भएको दुई अध्यक्षबीचको वार्तालाई नियमित वार्ता भनिएको छ । यसअघि गत बुधबार दुई अध्यक्षबीच छलफल भएको थियो । सोपछि आज मङ्गलबार भएको हो । दिउँसो १२ बजेदेखि शुरु भएको वार्ता करिब डेढ बजेसम्म चलेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
दुई अध्यक्षबीचको अभिव्यक्तिले वार्ता सहमति नजिक पुगेको सङ्केत मिलेपनि ठोस सहमति भइनसकेको स्थायी कमिटीका सदस्यहरूको अनुमान छ ।