असार ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्विजरल्याण्डको बैंकमा खाता भएको खुलासा भएको छ । विश्वभरको गतिविधि नियाल्ने ग्लोबल वाच एनालिसीसु ले ओलीको स्विजरल्याण्डमा खाता भएको र उनले त्यहाँबाट वार्षिक ठुलो रकम लाभांश वापत लिने गरेको खुलासा गरेको हो ।
ग्लोबल वाचका अनुसार स्विजरल्याण्डको मिराबोद बैंकको जेनेभा शाखामा ओलीको खाता छ । पत्नी राधिका शाक्यसहित संयुक्त नाममा खोलिएको उक्त खातामा ५।५ मिलियन डलर९करिब ६६ करोड नेपाली रुपैयाँ बराबर रहेको ग्लोबल वाचले जनाएको छ । ग्लोबल वाचका अनुसार प्रधानमन्त्री ओलीले उक्त रकम मुद्दती निक्षेप र शेयरमा गरेका छन् । त्यसबाट ओलीले वार्षिक आधा मिलियन डलर ९६ करोड नेपाली रुपैयाँ बराबर लाभांश लिने गरेको ग्लोबल वाचले दाबी गरेको छ । यहिकारण प्रधानमन्त्री ओलीको सम्पति पछिल्ला केहि वर्षमा ह्वात्तै बढेको ग्लोबल वाचले जनाएको छ ।