असार ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार पनि भेटवार्ता गर्दैछन् । हिजो प्रधानमन्त्री ओली थकित र गलित देखिएकाले छलफलमा विषय प्रवेश हुन सकेको थिएन ।
स्थायी कमिटीको बैठक असार १६ गतेयता अवरूद्ध रहँदै आएको छ । पछिल्लोपटक असार २६ गतेलाई तय गरिएको थियो । तर, मुलुक बाढी, पहिरो आदि प्रकोपले आक्रान्त बनेपछि एक साता धकेलिएको थियो ।
यसबीचमा पार्टीको आन्तरिक संकट व्यवस्थापनका लागि दुई अध्यक्षबीच सहमति खोज्ने प्रयास पनि सफल हुन सकेको छैन । स्थायी कमिटीको पाँचौं बैठक सुरु भएपछि दुई अध्यक्ष आजसम्म गरी छैटौंपटक एक्लाएक्लै वान अन वान वार्ता बस्दै छन् ।