अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल विना निष्कर्ष टुङ्गियो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ३१, बुधबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको ३ घण्टा लामो भेट विना निष्कर्ष टुंगिएको हो । दुई अध्यक्षबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल भएको थियो ।

यसअघि पनि दुई अध्यक्षबीच नेकपा विवादबारे छलफल भए पनि कुनै निष्कर्ष निस्किन सकेको छैन । पछिल्लो समय नेकपा स्थायी कमिटीका सदस्यसहित शीर्ष नेताहरुले अध्यक्ष ओलीको राजीनामा मागेपछि नेकपाभित्र थप विवाद उत्पन्न भएको थियो । साउन २ गते हुने स्थायी कमिटीको बैठकअघि दुई अध्यक्षले सहमति जुटाउने प्रयास गरे पनि आजको छलफल विना निष्कर्ष टुंगिएको स्रोतले जनाएको छ । आजको बैठकमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले केहीबेर सहभागि थिए । पछि अध्यक्षद्वयले मात्र छलफल गरेका थिए । दुई अध्यक्षबीच बिहीबार पुनः छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस