चीन दैलोमा चहार्दा राष्ट्रवाद किन जाग्दैन् ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ३१, बुधबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail
  • टिप्पणी

असार ३१,काठमाडौँ । नेपाली राजनीतिमा पछिल्लो समय अनौठो दृष्य देखिन थालेको छ । सत्तारुढ दलमा नयाँ तरङ्गहरु फैलिएको छ । सत्ता र पार्टीको ढलपलले नेपाली राजनीतिले उल्टो दिशा लिने हो की भन्ने शंका उत्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्किएको सत्तासंघर्ष कसरी पटाक्षेप हुन्छ, दृश्य अझै धूमिल छ । प्रतिपक्षी दल र नागरिकको चासो विदेशी दौडधुपमा केन्द्रित भएको छ । यसबीच चिनियाँ राजदूत हउ यान्छी नेकपाका वरिष्ठ नेता र उच्च अधिकारीसँग भेटघाटमा व्यस्त देखिइन् । ती भेटघाटमा भएका कुरा तत्काल सायदै बाहिर आउला । न परराष्ट्र मन्त्रालयका अधिकारी त्यहाँ उपस्थिति थिए, न त्यसबारे प्रेस–ब्रिफिङ नै गरियो । तैपनि भेटघाटका शृंखला र सन्दर्भले धेरै संकेत गर्छन् । गत वैशाखमा नेकपामा रडाको मच्चिँदा पनि चिनियाँ सक्रियताले चर्चा पाएको थियो । अहिले पार्टी जुट या फुटको दोसाँधमा रहँदा उत्तरी छिमेकीको दौडधुप बढ्नु संयोग मात्र होइन ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको स्वार्थमा आफूलाई सत्ताच्यूत गर्न प्रयासरत रहेको भन्दै आफ्नै पार्टीका वरिष्ठ नेताहरूलाई लाञ्छित गरे । नयाँदिल्लीदेखि काठमाडौंका होटलमा त्यसको गोप्य तानाबाना बुनिएको उनको दलिल थियो । यसको गर्मागर्म बहस जारी नै छ ।

दक्षिण एसियामा चीनको प्रभाव मात्र होइन, घरेलु अर्थ–राजनीतिमै असर देखिन थालेको छ । नेपाल, श्रीलंका, माल्दिभ्सका राजनीतिक उतारचढावमा बेइजिङको भूमिकाको चर्चा हुन्छ । बाह्र वर्षअघि चीनमा आयोजित ओलम्पिक खेलका वेला नेपालमा स्वतन्त्र–तिब्बत समर्थकले प्रदर्शन चर्काएपछि यहाँ चिनियाँ सुरक्षा चासो पुनः चुलियो । भूकम्प र भारतीय नाकाबन्दीका घटना त चिनियाँ चासो राजनीतिक, आर्थिक र रणनीतिकस्तरमा विस्तार गर्न उत्प्रेरक बन्न पुगे ।

भारतीय बुद्धिजीवीहरू भन्छन्, नेपालमा भारतको सबैभन्दा कमजोर पक्ष यहाँ विद्यमान ‘भारतविरोधी भावना’ हो । यसमा सच्चाइ छ, भलै उनीहरू यसमा भारतको हस्तक्षेपकारी नीति तथा व्यवहार कति जिम्मेवार छ भन्ने आत्मसमीक्षा गर्दैनन् । नेपालमा उत्तरी छिमेकीको सबैभन्दा ठूलो पुँजी यहाँको जनमानस खासगरी पहाडे समुदायमा चीनप्रति विद्यमान सकारात्मक भावना हो । चीनको आलोचना गरेर आफूलाई स्थापित गरेको पार्टी भेट्न मुस्किल छ, भारतको विरोधमा स्थापित भएका कैयौँ छन् ।

चीन दैलोमा चहार्दा राष्ट्रवाद किन जाग्दैन् ?

नेपाली राजनीतिमा भारत र चीनप्रति हेर्ने दृष्टिकोण फरक छ । भारतीय राजदुतले सामान्य एक नेतासंग उठबस गर्दा नेपाली जनमानसमा भारतीय हस्तक्षेपको नारा लाग्छ तर चीनको सक्रियतालाई नेपाली जनमानसले देखेको नदेखै गर्छ । आखिर जुन मुलुकको राजदुत वा कुटनितिज्ञ भएपनि पार्टी वा सत्तामा हस्तक्षेपकारी भुमिका स्विकार्य हुनुहुदैन् । राष्ट्रवादको व्याख्या गर्दा कुनैपनि मुलुकको हित विपरित वा आन्तरिक मामलामा खेल्नु कुनैपनि राष्ट्रले सुहाउदैन् । यो अन्तर्राष्ट्रिय कुटनैतिक अभ्यासमा पर्दैन ।

त्यो कुटनितिक मर्यादा बाहिर हुन्छ । यसको बहस नेपाली राजनीतिमा विस्तारै सुरु भएको छ । यसले गति लिए बर्तमानमा चीनको हस्तक्षेपको बाहिरी पाटो उदाङ्गिदै जाला । नेपाली उखानमा भने जस्तो “ताक परे तिवारी नत्र गोतामे”को प्रवृतीलाई नेपाली नेताहरुले प्रशय दिन थालेको आभास हुन थालेको छ । आफु अनुकुल हुँदा भान्सामै आएर डाडु पन्यु समाएपनि टुलुटुलु हेरिहरने आफुलाई अनुकुल नहुँदा आंगनको डिलमा आउदा पनि श्वास गन्याएको भन्दै धारे हात लगाउने प्रवृतीले कुटनीतिको मर्यादा राख्दैन् होला ।

नेपाल आफै पनि पञ्चशिलको आधारमा वैदेशिक सम्बन्ध राख्ने देश हो । यो देशले न कसैको हस्तक्षेप नै सहन्छ न कसैको गुलामी नै गर्छ । यतिबेला केपी ओलीमाथी सन्तुलित छिमेक निती नअपनाएको आरोप लागिरहेको छ । सरकार यस विषयमा गम्भिर भएर लाग्नुपर्ने बेला आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस