नेकपा स्थायी कमिटी बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाण्डौ । नेपाल कम्युुनिस्ट पार्टी नेकपाका दुुई अध्यक्षबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्ष केपी शर्मा ओली र पुुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठकको तयारीका विषयमा छलफल भयो ।

छलफलमा कुनै सहमति नभए पनि बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले जानकारी दिए । उनले अध्यक्षद्वयबीच छलफल जारी छ, शुक्रबार पुनः छलफल हुन्छ तर पहिला निर्धारण गरिएको बैठक रोकिँदैन भने । अध्यक्षद्वयबीच भएको छलफलमा पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसमेत सहभागी थिए । उनी स्थायी कमिटी बैठक बस्नेमा सहमत भएका छन् । स्थायी कमिटीमा प्रस्तुत कार्यसूचीमा हुने छलफललाई कसरी व्यवस्थित र मूर्त रूप दिने विषयमा नेताबीच छलफल भएको बैठकमा सहभागी नेताले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस