नेकपाले शनिबारको लागि बोलायो सचिवालय बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय समितिको बैठक बोलाएको छ । भोलि शनिबारको लागि बैठक बोलाइएको हो । शुक्रबार भएको नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफलले सचिवालय समितिको बैठक बोलाउने सहमति भएको एक नेताले बताए । साउन ४ गतेको लागि तय गरिएको स्याथी कमिटी बैठक अघि सचिवालय बैठक बस्ने तय भएको हो ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षको दुबै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाभित्र चर्किएको विवाद अझै समाधान हुन सकेको छैन् ।

ताजा अपडेट

खोजी गर्नुहोस