विवाद मिलाउन नेकपाले शनिबार बोलायो सचिवालय बैठक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ३, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको आन्तरिक विवाद सल्टाउन शनिबार सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्षबीचको विवाद वार्ताद्वारा टुङ्गो लाग्न नसकेपछि शनिबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको हो । सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालका अनुसार शनिबार ३ बजे बालुवाटारमा सचिवालय बैठक बस्दैछ ।

दुई अध्यक्षबीच बारम्बार बैठक र वार्ता भएपनि आन्तरिक विवाद नटुङ्गेपछि त्यसलाई सल्टाउन सचिवालय बैठकमा छलफल हुनलागेको उनले जानकारी दिए । शुक्रबार आव्हान गरिएको बिहान ११ बजेको बैठक साँझ ४ बजेका लागि सारिएको थियो । तर विवादमा सहमति नबनेपछि आइतबार ३ बजेका लागि बैठक सारिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस