साउन ७, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जननायक बीपीको ३८औं स्मृति दिबसमा हार्दिक श्रर्दा सुमन ब्यक्त गरेका छन् । उनले जननायक बीपी कोईरालालाई सम्झने मात्र नभई उनको मार्ग दर्शनमा हिड्न पनि आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -‘आज साउन ६ गते जननायक बीपी कोईरालाको ३८ औं पूण्यस्मृति दिवस, बीपीलाई सम्झिने मात्र होइन उहाँका विचार तथा मार्गदर्शनको पदचिन्हमा हिंड्ने, ऊर्जा तथा प्रेरणा लिने र ती विचारलाई सार्थक बनाउने संकल्प–दिवसको रुपमा लिनु यो दिवसको सार्थकता हुनेछ ।’
‘लोतान्त्रिक समाजवादी चिन्तक,कुशल राजनीतिज्ञ र प्रखर ‘साहित्यिक व्यक्तित्वको त्रिवेणी हुनुहुन्थ्यो विश्वेश्वरप्रसाद कोइराला । अर्थात राजनीतिक शिखर व्यक्तित्वको संगसंगै उहाँ साहित्यिक र राजनीतिक चिन्तक र विचारक पनि ।’ ‘सबै नेपालिको एउटा सानो घर होस् , गरिखान पुग्ने एउटा खेतबारि होस , एउटा दुहुनो गाइ होस् । छोरा छोरिले स्कुल पढन पाउन ,स्वास्थ उपचार गर्न पाउन् । यहि हो नेपालको सन्दर्भमा समाजवाद । मेरो चिन्ता नलिनु देशको चिन्ता लिनु बिपि कोइरालाले भन्नु भएको थियो । सभापति केसिले यो माहा मानब बि पि कोईराला को ३८ओैं स्मृति दिवस को अवसरमा नेपालि कांग्रेस नुवाकोटले रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको उल्लखेख गरेका छन् ।