साउन ७, काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले बीपी स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । नुवाकोट कांग्रेसका सभापति जगदिशनरसिंह केसीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गर्नुको साथै खाद्यान्न तथा फलफूल वितरण गरिएको हो ।
बीपीको विचार राष्ट्रिय समाजले देवीघाटमा ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रमपछि नेपाली कांग्रेस नुवाकोटका अध्यक्ष जगदिशनरसिंह केसीले बीपीको विचारलाई आर्दशका साथ आत्मसाथ गर्नुपर्ने बताए ।