प्रचण्डको निजी सचिवालयले भन्यो–प्रभाकरमाथि प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारलाई खारेज गर्छौ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ८, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्‍ने कुरा सत्य नभएको जनाएको छ। स्थायी कमिटी सदस्य शर्मा अध्यक्ष प्रचण्डकै पक्षमा रहेको भन्दै सचिवालयले बिहीबार वक्तव्य निकालेको हो। अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले प्रेस नोट जारी गर्दै यस्तो बताएका हुन्। ‘केही दिनयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ बारे विभिन्‍न सञ्‍चारमाध्यममा प्रकाशित-प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको छु, विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषता हुन्। तिनै बहसबारे मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ।’

जुगलले जारी गरेको प्रेस नोटमा पार्टी एकतादेखि आजसम्मको यात्राका क्रममा प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आएको पनि स्मरण गराएका छन्। पार्टीभित्र देखिएको समस्या समाधान गरेर अगाडि बढ्न अध्यक्ष दाहाललाई स्थायी कमिटी सदस्य शर्माको साथ रहेको समेत उनले प्रष्टाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस