लिपुलेक र कालापानी समस्याबारे संसदीय समितिमा छलफल गर्न भिम रावलको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण ८, बिहिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन ८,काठमाडौँ । सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्याबारे संसदीय समितिमा छलफलको माग गरेका छन् । विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण सम्बन्धी छलफल थियो ।

छलफलमा सहभागी सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा समेटिएको तर, भारतीय फौज त्यस क्षेत्रबाट नहटेको भन्दै परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग राखेका हुन् । पूर्वगृहमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद भीम रावलले तत्काल सीमाबारे भारतसँगको संवादका सन्दर्भमा के प्रगति भएको छ भनेर परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताए ।

भारतीय नागरिक र भारतीय सुरक्षाकर्मीले सीमामा नेपालीहरुमाथि आक्रमण गरिरहेको, भारतीय बाँधले नेपाली भूभाग डुबानमा पर्दा पनि भारतीय पक्ष वार्तामा बस्न तयार नभएको र कालापानीबारे भारत मौन रहेको विषयमा समिति चुप लागेर बस्न नहुने सांसद रावलको भनाइ छ ।

नेपालको हरेक प्रस्ताव भारतले अस्वीकार गर्ने गरेको उल्लेख गर्दै सांसद रावलले भारतले नेपाल–भारत प्रवुद्ध व्यक्ति समुह (इपीजी) को प्रतिवेदन नबुझेको विषयलाई गम्भीरतापूर्वक लिएर छलफल चलाउनुपर्ने बताए ।

भारतीय प्रधानमन्त्रीले बुझेलगत्तै उक्त प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बताउँदै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सीमा र अमेरिकी सरकारको सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी० का विषयमा व्यापक जनचासो रहेको भन्दै यसबारे छलफल गर्न माग गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस