साउन १०, काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुुई वर्षभित्र तयार हुने भएको छ । भवन तयार भएपछि महँगो भाडा तिर्नुुपर्ने अवस्थाको अन्त्य हुुनेछ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार निर्माणाधीन संसद् भवनको स्थलगत अनुुमगन गर्दै सरकारका महìवपूर्ण कामको नतिजा जनताले देख्ने र महसुस गर्ने बेला भएको बताए । उनले अबका दिनमा सरकारले भाडामा भवन लिएर संसद् सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरे । वार्षिक १५ करोड भाडा तिरेर अहिले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् सञ्चालन भइरहेको छ ।
निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सात प्रतिशत छ । साइट क्लियरेन्सका लागि समय लागेकाले केही ढिलाइ भएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । १७३ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवन निर्माणको लागत छ अर्ब ९२ करोड रुपियाँ छ । गत वर्ष असोज १६ मा सम्झौता भएको उक्त भवन निर्माणको अवधि तीन वर्षको छ ।
यसैबीच ललितपुरको सैँबु भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको काम २२ प्रतिशत सकिएको छ । मन्त्री निवास ९६ रोपनीमा र प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवास २८ रोपनीमा निर्माण हुँदैछ । राज्यमन्त्री मानन्धरले सोको पनि शुुक्रबार नै स्थलगत अनुुगमन गरे । राज्यमन्त्री मानन्धरले शुक्रबार नै गोदावरीस्थित तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पनि अवलोकन गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को मर्म अनुसार सरकारले अहिले ऐतिहासिक काम गरिरहेको चर्चा गर्दै उनले वर्तमान सरकारकै पालामा नेपालमा इतिहासकै सबैभन्दा ठूलो भवनका रूपमा संसद् भवन बन्न लागेको बताए । सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयले निर्माण थालेका ठूूला भवनहरू समयमै सकिने बताए ।