‘पुष्पलाल श्रेष्ठ दुरदर्शी नेता थिए’ : सुरेन्द्र पाण्डे

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण १०, शनिबार (४ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

साउन १०,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पुष्पलाल श्रेष्ठ दुरदर्शी व्यक्ती भएको बताएका छन् । ४२ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठिमा उनले २०४६ सालको जनआन्दोलन नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको भावना र मर्म अनुसार भएको बताउदै सो आन्दोलनमा कांग्रेससहित सबै पार्टीलाई गालेबन्द गराउन पुष्पलालको महत्वपुर्ण योगदान रहेको बताए । पाण्डेले भने–’उनले सारेको नारा नै ४६ सालको नारा बन्यो । उनले भने -‘२०४६ मा त्यो नारामा सबै पार्टी अटाए । सो नारा सबैको साझा नारा बन्यो ।’  २०१७ सालमा जव राजा महेन्द्रले संसद विगठन गरे त्यसबेला उनले संसद पुन.स्थापना गर्नुपर्छ भन्ने आवाज उठाए । तर अरुले यसलाई हासीँ-मजाकको विषय बनाए । पछि २०५९ सालमा शेरबहादुर देउवाले संसद विगठन गरे । तर गिरिजाप्रसाद कोइरालाले विगठित संसद पुन:स्थापना गर्नुपर्छ भने । अन्त्यमा २०६३ सालमा संसद पुनस्थापना भयो । सो कारण पुष्पलाल दुरदर्शी र भिजन भएको नेता हुन् ।

पुष्पलाल कार्यनिती र नेपाली राजनितिलाई डोर्याउने नेता भएको बताए । कसैले उनलाई गद्धार भनेपनि आज पुष्पलालकै विचारमा आजको कम्युनिष्ट पार्टी उभिएको बताए । उनको केही कमजोरी पनि भएको पाण्डेको भनाई थियो । आन्दोलन र नारालाई नेतृत्व गर्न सक्ने व्यक्ति भएपनि पुष्पलालले आन्दोलनमा सवैलाई एकठाँउमा ल्याउन नसकेको उनको धाराणा थियो । आफुले नै नेतृत्व गरेका पार्टी पछि गएर छिन्नभिन्न भएपछि पुष्पलाल निराश भएका थिए । जुनबेला पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई गति दिन नसक्नु उनको कमजोरी रुपमा लिइएको पाण्डेले बताए । नेता पाण्डेले पुष्पलाललाई मात्र दोष दिएर कम्युनिष्ट पार्टी छिन्नभिन्न भएको भन्न नमिल्ने बताए । यी सबै विषयमा तत्कालिन समयका नेताहरुको भुमिका रहेको उनले बताए ।

नेता पाण्डे हिजोको राजनितिक एजेण्डा राजा ढाल्ने,गणतन्त्र ल्याउने, समावेशिता,संविधानसभा रहेतापनि आजको राजनितिक एजेण्डा जनताको जिवन परिवर्तन गर्ने किसिमको हुनेपर्ने बताए । उनले आर्थिक परिवर्तनको लागि सबै राजनितिक दलहरु लाग्नपर्ने बताए । पाण्डेले राजनितीको लागि राजनिती नभई केन्द्रदेखि स्थानिय तहसम्मका राजनितिककर्मीले स्वार्थ नराखी जनताको सेवामा लाग्नपर्ने बताए । उनले भने–आजको समयमा जनताको चाहनालाई बुझ्न नसक्ने जनप्रतिनिधी भयो भने समाज परिवर्तनको सम्भावना छैन । नेता पाण्डेले अवको लक्ष्य समाजवाद रहेको र त्यसको लागि आजैदेखि तयारी गर्नुपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस