उपेन्द्र यादव भन्छन्-ओली सरकार काण्डैकाण्डमा फस्यो, यती काण्ड त पञ्चायतमा पनि भएको थिएन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ११, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज ११,काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लगेको बताएका छन्।

आज काठमाण्डौमा भएको पार्टी प्रवेश कार्यक्रममा यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको बताएका हुन् । उनले भने, ‘सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको छ । यतिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला ।’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट देशको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको उनले बताए । जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए ।

लोक समाजवाद, संघीयता र लोकतन्त्रको बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै देशको भविष्य सुनिश्चित गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस