कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा छैन् : प्रवक्ता ज्ञवाली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १२, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १२,काठमाडौँ । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए ।

‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ । कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण नियन्त्रणको अवस्थामा जान्छ । अझै पूर्वानुमान गर्न सकिने अवस्था छैन’ मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको मन्त्री ज्ञवालीले बताए । ‘यो बेला सबैको उच्चस्तरको सतर्कता, साथ र सहयोगको जरुरत छ’ उनले भने ।

सर्वसाधारणले सरकारी आदेश निर्देशन र विज्ञको सुझाव मानेकै कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको भन्दै उनले चाडपर्वको बेलामा थप सतर्क हुनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस