आज वामदेव विरुद्ध सर्वोच्चमा दायर रिटमाथि बहस हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १४, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरेपछि यसको विरुद्धमा सर्वोच्चमा दायर रिटमाथि आज बहस हुँदैछ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयप्रति सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

राष्ट्रपति कार्यालयको भदौ २९ को निर्णय र उनलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न सर्वोच्चमा रिट दायर भएको थियो । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वको पाँच सदस्ययी संवैधानिक इजलासले गौतमको मुद्दामा सुनुवाइ गर्ने भएको हो । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, दीपककुमार कार्की, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस