असोज १६, काठमाडौं । राष्ट्रियसभा सदस्यमा वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज गौतम पक्षका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । गौतविरुद्ध बुधबार दायर रिट गरेका निवेदक र सरकारका तर्फबाट महान्यायाधिवक्तासहितले बहस गरेका थिए ।
गौतमको पक्षमा दर्जन बढी वरिष्ठ अधिवक्ताहरुले बहस गर्दै छन् । गौतमको पक्षमा बहस गर्न करिब ५० वकिलले वकालनामा भरेको रमण श्रेष्ठले बताए । गौतमको पक्षमा पूर्वमहान्यायाधिवक्ता रहिसकेका युवराज संग्रौला, रमण श्रेष्ठसहित अधिवक्ताहरु टीकाराम भट्टराई, रविनारायण खनाल, गोविन्द बन्दी, श्याम खरेल, राघवलाल वैद्य, सुशील पन्तलगायतले बहस गर्नेछन् ।