असोज १६, बुटवल । पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश हुने तयारी भएको छ । प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाउन लागेको हो ।
राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागेको हो ।