असोज १७, बुटबल । प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा राख्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेपछि बुटवलमा अनेक प्रतिकृया सार्वजनिक भएका छन् । बिपक्षी बिद्यार्थी संगठनहरु सडकमा उत्रिएका छन भने सरकार निकट ब्यवसायिक संगठनहरुले आपत्ति जनाएका छन् । नेकपा रुपन्देहीका अध्यक्ष शिवलाल सुवेदीले प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने संवैधानिक व्यवस्था रहेकोले जनताबाट निर्वाचित सांसदहरुले गर्ने निर्णय जनताकै पक्षमा हुने प्रतिक्रिया दिए ।
दाङको भालुवाङलाई प्रस्ताव गरेपछि दाङका नेताहरुले निर्णय सकरात्मक भएको भन्दै खुसी व्यक्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङका सचिव सुवास पुनले दाङ राजधानीको प्रस्तावले थप उर्जा दिएको भन्दै प्रदेशकै समस्या हल भएको बताए ।