अनशनरत डा.केसीको माग पुरा गर्न सरकारलाई चौतर्फी दवाव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १८, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १८,काठमाडौँ । प्रा.डा गोविन्द केसीको अनसनमा विभिन्न राजनितिक दलहरुले चासो देखाएका छन् । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गरी माग पूरा गरेर जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले आज एक अपिल जारी गरी चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्नेसमेतका उनका माग केवल एक व्यक्तिको मात्र नभएको जनाउँदै जनभावनानुरुपका माग र आवाजको सुनुवाइ गर्नु सरकारको कर्तव्य भएको उल्लेख गरेका छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह गरेका छन्। थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डा. केसीको जीवन रक्षा गर्न ध्यानाकर्षण गराएका हुन्।

मेडिकल शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी अनशन बसिरहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस