नेपाली काँग्रेस (वी. पी.)द्धारा डाक्टर गोबिन्द केसीको अनशनमा एक्यबद्धता !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन १९, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाण्डौ । नेपाली काँग्रेस (वी. पी.) ले डाक्टर गोबिन्द के सी को अनशनमा एक्यबद्धता जनाउदै स्वास्थ क्षेत्र सुधारको माग राखी अनशनरत डाक्टर गोबिन्द के सी को जीवन रक्षा गर्न र यो अनशन लाई अन्तिम अनशन बनाउन माग गरेको छ |

पार्टीका महामन्त्री तथा पुर्व मन्त्रि सुशीलमान सेरचनद्वारा हस्ताक्षरित एक्यबद्धता पत्र बुझाउन महामन्त्री सेरचन र पुष्पराज पराजुली पार्टी केन्द्रिय सदस्य गणेश पाण्डे केन्द्रिय सदस्य तथा तरुण दल (वी पी) अध्यक्ष प्रधुम्न कार्की केन्द्रिय सदस्य तथा तरुण दल (वी पी) सह-अध्यक्ष रोमान पुरी पार्टीका नुवाकोट जिल्ला सभापति श्याम बहादुर गुरुङ तरुण दल (वी पी) का केन्द्रिय सदस्यहरु कुमार लामा, देवेन्द्र पुरी महिला नेत्री मिना कुमारी भारती र पार्टी कार्यालय सचिव सुशीलराज वाग्ले लगाएतका नेता कार्यकर्ता त्रिवी शिक्षण अस्पतालमा गई डाक्टर के सी को अनशनमा एक्यबद्धता व्यक्त गरेका थिए | कोरोना कोभिड-१९ का कारणले डाक्टर के सी लाई प्रत्यक्ष भेट्न नसकी पनि उहाँका स्वकीय मार्फत एक्यबद्धता बुझाईएको छ |

एक्यबद्धता सम्बन्धमा |
स्वास्थ शिक्षामा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आउनु भएका प्रा. डाक्टर गोविन्द के. सी. ज्यूलाई नेकपा एवं विगतमा नेपाली काँग्रेसका सरकारहरुले अनशन तोडाउन सम्झौता, सहमती गरिए तापनि व्यवहारमा नउतार्नाले प्रा, डाक्टर गोविन्द के. सी. पूर्ण १९ औं पटक अनशन बस्न बाध्य बनाएका छन् | आज आमरण अनशनको २२ औं दिन हुदाँ पनि प्रा. डाक्टर गोविन्द के. सी. ज्यू, को स्वास्थ प्रति नेपाल सरकारले गम्भिरता नदेखाएको अवस्थामा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ | गरिब जनता र गरिब विद्यार्थीहरुका निमित्त आमरण अनशन बस्नु भएका प्रा. डाक्टर गोविन्द के. सी. ज्यूको आमरण अनशन प्रति हाम्रो पार्टी एक्यबद्धता जनाउद छ | साथै नेपाल सरकार संग हाम्रो पार्टी आग्रह गर्दछ किप्रा. डाक्टर गोविन्द के. सी. ज्यूको पटकको आमरण अनशनलाई अन्तिम अनशन बनाउने गरि विगतमा भएका सम्झौताहरु कार्यन्वयन गर्न सरकारसँग जोडदार माग गर्दछ | अनशनमा बस्नु भएका प्रा. डाक्टर गोविन्द के. सी. को स्वास्थ अवस्था जटिल बन्दै गएकोले सरकारलाई तत्काल प्रा.डाक्टर गोविन्द के. सी. को मागहरु बार्ता द्वारा सम्बोधन गरि जीवन रक्षा गर्न पनि सरकारसँग माग गर्दछ | साथै भोलि बिहान उहालाई एक्यबद्धता पत्र बुझाउने छ |

ताजा अपडेट

खोजी गर्नुहोस