सरकारलाई पत्तो छैन, उता चीनको सिमानामा १२ नम्बर पिलर नयाँ बनेको दावी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १९, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १९, हुम्ला । हुम्लाको उच्च स्थानमा चीनसँगको सीमामा रहेको १२ नम्बर पिलर पुनर्निर्माण गरेको पाइएको छ । सीमा निरीक्षणका लागि हुम्लाको लाप्चा क्षेत्रको ललुङजोङ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले सीमा स्तम्भ पुनर्निर्माण गरेको पाएको हो ।

१२ नम्बर पिलर नयाँ बनाइएकै ठाउँमा पुरानो पिलरका टुक्रा र बालुवा पनि भेटिएको छ । काठमाडौँमा नापी विभागले भने १५ वर्षयता नेपाल र चीनबीचको सीमामा कुनै पनि पिलर पुर्निनिर्माण नगरेको जानकारी दिएको छ । स्थानीयले पनि सीमा स्तम्भ नयाँ बनाएको पाइएको जानकारी दिएका छन् । वस्तीबाट टाढा रहेकाले कहिले पुनःनिर्माण गरियो भन्ने यकीन नभएको उनीहरुले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस