नेकपा सचिवालय बैठक मङ्गलबार दिउँसो ४ बजे बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १९, सोमबार (४ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

असोज १९,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक मङ्गलबार बस्ने भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक मङ्गलबार दिउँसो ४ बजे बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डबीच सोमबार पनि छलफल भएको थियो । मङ्गलबार बस्ने बैठकमा पार्टी एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस