प्रधानमन्त्रीलाई सुरेन्द्र पाण्डेको जवाफ: ‘अर्थबाहेक अरु मन्त्रालयमा जान्न’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २०, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थायी समिती सदस्य नेता सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालय लिन प्रस्ताव राखेका छन् ।
पूर्वअर्थमन्त्री पाण्डेले भने शहरी विकासमा नजाने बताएका छन् । पछिल्लो समय मन्त्रिपरिषदमा शहरी विकास, सञ्चारसँगै अर्थ मन्त्रालय पनि खाली छ । पाण्डेले अर्थ मन्त्रालय चलाइसकेकाले अब शहरी विकासमा नजाने अडान लिएका छन् । पाण्डेले भने– ‘मैले प्रधानमन्त्रीलाई अर्थबाहेक अरु मन्त्रालयमा जान्न भनेको छु’, ।

तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्थमा पार्टी महासचिव विष्णु पौडेललाई लैजान चाहेको स्रोतले बताएको छ ।

दिउँसो चार बजे बोलाइएको सचिवालय बैठकमा नयाँ मन्त्रीबारे थप छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस