असोज २१, हेटौँडा । बागमती प्रदेशको प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने भएको छ । साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भूभाग समावेश गर्न लागिएको हो । अब बनाइने लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको हुनुपर्नेछ ।
१५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन सचिवालयले बुधबार सूचना निकालेको हो । उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार दिइने सचिवालयले जानकारी दिएको छ ।