गृहमन्त्रीका राजनितिक सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २१, बुधबार (४ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

असोज २१,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयका एकजना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’लाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

उनलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा मन्त्रालयका अन्य केही अधिकारीको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।

पथिकले आफूमा संक्रमण देखिएको पुष्टि गर्दै सम्पर्कमा रहेका सबै जनालाई विशेष सावधानी अपनाउन भनेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित सचिवालयका चार जना सदस्यमा कोरोना पुष्टि भइसकेको छ । त्यसक्रममा गरिएको परीक्षणका क्रममा ६७ जना सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस